साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घट्यो, नारायणी र मानुषीको शेयर मूल्य १० प्रतिशत बढ्यो
काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । गत साताको अन्तिम दिनहरुमा बढिरहेको शेयर बजार आइतबार दोहोरो अंकले घटेको हो । आइतबार बजार ११.६० अंकले घटेर २७५७.५३ अंकमा बन्द भएको छ । शेयर विश्लेषकहरुका अनुसार यो सामान्य घटाई भएकाले आइतबार बजार घट्नुमा कुनै कारण नभएको बताउँछन् । ब्याजदर र तरलत के हुन्छ भन्ने कुराहरुले बजार निर्धारण गर्ने विज्ञहरु बताउँछन् ।
त्यस्तै, मंसिर पहिलो साता नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासको मौद्रिक नीतिको समिक्षा गर्ने भएकाले शेयर बजार सम्वन्धि कुनै नयाँ सर्कुलर जारी गर्न सक्ने भएकाले लगानीकर्ताहरु दोधारमा परेको बताईएको छ ।
आइतबार दिनभरिमा २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर ५४ लाख ६६४ पटक किनबेच हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार जलविद्युत समूह ०.४१ प्रतिशत र म्यानुफ्क्टरिङ तथा प्रो. समूह १.४९ प्रतिशतले बढेका छन् अन्य सबै समूहमा राताम्य छाएको छ । आइतबार ब्यापार समूह सर्वाधिक १.८७ प्रतिशतले घटेको छ ।
बजारमा राताम्य छाएपनि आइतबाकर नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको सर्वाधिक १० प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा तेह्रथुम पावर कम्पनी ४.२१ प्रतिशत र आइसीएफसी फाइनान्सको ३.८९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

















