१४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « Arthapath.com
२ श्रावण २०८३, शनिबार

१४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौँ । नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत ९१ दिन अवधीको २३ करोड ३२ लाख, १ सय ८२ दिन अवधीको १२ अर्ब ४७ करोड र ३ सय ६४ दिन अवधीको ११ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले जारी गर्ने ९१ दिन समय अवधी भएको ट्रेजरी बिल आगामी फागुन १० गते, १८३ दिने समयको ट्रेजरी २०७९ जेठ १० गते र ३६४ दिने ट्रेजरी २०७९ मङ्सिर ६ गते परिपक्व हुनेछन् ।

आज दिउस २ बजे ट्रेजरी बिल बोलकबोलको अनलाईन मार्फत आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । बैंकले कार्तिक २९ गते ११ अर्ब ८५ करोड ५० लाख रुपैयाँको क्रणपत्र विक्री गरेको थियो ।

बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले भोली मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्