सेपोब्याक्ट ड्राइ सिरप औषधी बिक्रीमा विभागले लगायो रोक
काठमाडौं । केमिड्रग इन्डस्ट्रिज प्रालिले उत्पादन गर्ने औषधि गुणस्तरहीन पाइएको छ । औषधि व्यवस्था विभागले गरेको अनुगमनको क्रममा संकलन गरिएको नमुना परीक्षणका क्रममा औषधि गुणस्तरहीन रहेको पाइएको हो । उक्त औषधि बजारबाट फिर्ता लैजान समेत विभागले निर्देशन दिएको छ ।
सेपोब्याक्ट ड्राइ सिरप (सेफोडोक्साइम प्रोसेटिल) नामको औषधि गुणस्तरहीन पाइएको हो । ब्याक्टेरिया फैलनबाट रोक्न मद्दत गर्ने एन्टिबायोटिक्स औषधि न्यून गुणस्तरको फेला परेको विभागले जनाएको छ । उक्त औषधिलाई बिक्री वितरणमा रोक लगाउँदै तत्काल बजारबाट फिर्ता लैजान समेत निर्देशन दिएको हो ।
थानकोटमा रहेको उक्त कम्पनीले सो औषधि उत्पादन गर्दै आएको थियो । विभागले यसअघि पनि विभिन्न प्रकारका औषधिलाई बिक्री वितरणमा रोक लगाउँदै आएको थियो । गुणस्तरहीन पाइएपछि विभागले औषधि फिर्ता लैजान लगाउनुका साथै बिक्री वितरणमा समेत रोक लगाउँदै आएको छ ।
सिबीडि २४ सेपोब्याक्ट ड्राइ सिरप बजारमा स्टोरेज राम्रोसंग नगरेका कारण औषधीको गुणस्तरहिन भेटिएको हुन सक्ने केमिड्रग इन्डस्ट्रिज प्रालिले जानकारी दिएको छ । जसमा बजारमा वितरण भएको औषधी संकलन हुने काम भइरहेको छ । सिबीडि २४ को औषधी भने पूर्ण रुपमा बिक्रि वितरण बन्देज गरेको छ ।













