नेपाल बङ्गलादेश बैंकका अध्यक्ष शकिबले लिए शपथ ग्रहण « Arthapath.com
२ श्रावण २०८३, शनिबार

नेपाल बङ्गलादेश बैंकका अध्यक्ष शकिबले लिए शपथ ग्रहण



नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिका अध्यक्ष ए.आर.एम नजमुस शकिबले शपथ ग्रहण गरेका छन् ।

अध्यक्ष ए.आर.एम नजमुस शकिबले नेपाल राष्ट्र बैंक तथा नेपाल बङ्गलादेश बैंक लि. को उच्च पदस्थ अधिकारीहरुको समुपस्थितिमा आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन ।

संचालक समितिको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष ए.आर.एम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको थियो ।

बैंकले हाल देशभर १ सय शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्