थप ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको ज्यान गयो « Arthapath.com
२ श्रावण २०८३, शनिबार

थप ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको ज्यान गयो



काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

वितेको २४ घण्टामा ९ जनाको ज्यान गएको छ भने २ सय ७३ जना निको भएका छन् । हाल देशभर ७ हजार ३ सय जना संक्रिय संक्रमित रहेका छन ।

कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९ जना पुगेको छ । हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख १९ हजार ६ सय ९९ र निको हुनेको संख्या ८ लाख ८ सय ९० जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्