ज्योति विकास बैंकको १५.५ प्रतिशत लाभांश घोषणा « Arthapath.com
९ मंसिर २०७८, बिहीबार

ज्योति विकास बैंकको १५.५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४.५ प्रतिशत नगद लाभांश गरी कुल कूल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ । ११ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्