लाभांशको पर्खाईमा कृषि विकास बैंकका शेयरधनी « Arthapath.com
१० मंसिर २०७८, शुक्रबार

लाभांशको पर्खाईमा कृषि विकास बैंकका शेयरधनी



काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घाषणा गरिसकेका छन् । हालसम्म २२ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् ।

लाभांश घोषणा गर्न बाँकी रहेका बैंकहरुमा कृषि विकास बैंक पनि रहेको छ । यतिबेला कृषि विकास बैंकका सेयरधनीहरू लाभांशको पर्खाइमा रहेका छन् । शेयरधनीहरु राम्रै लाभांश घोषणा गर्छ भन्ने पर्खाइमा रहेका छन् । बैंकको वित्तीय विवरण उत्कृष्ट रहेकाले लाभांश पनि उत्कृष्ट नै आउने आशामा शेयरधनीहरु रहेका छन् । अघिल्ला बर्षहरुमा पनि बैंकले शेयरधनीहरुलाई खुशि बनाउने गरि लाभांश दिँदै आएको छ ।

बैंकको लाभांश इतिहास

बैंकले आर्थिक बर्ष २०६९–७० मा ३१.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै, बैंकले आर्थिक बर्ष २०७०–७१ मा ७ प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद गरी कूल १५ प्रतिशत, आर्थिक बर्ष २०७१–७२ मा १५ प्रतिशत बोनश शेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत, आर्थिक बर्ष २०७२–७३ मा २० प्रतिशत बोनश शेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत, आर्थिक बर्ष २०७३–७४ मा २० प्रतिशत बोनश शेयर र १.०५३ प्रतिशत नगद गरी कूल २१.०५३ प्रतिशत, आर्थिक बर्ष २०७४–७५ मा ६ प्रतिशत बोनश शेयर र १५.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत, आर्थिक बर्ष २०७५–७६ मा ६ प्रतिशत बोनश र २४ प्रतिशत नगद गरी कूल ३० प्रतिशत र आर्थिक वर्ष २०७६-०७७ मा १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद गरी कूल १५.७८ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले गत आर्थिक वर्ष २०७७-०७८ को नाफाबाटबाट लाभांश घोषणा गरेको छैन । बैंकको वितरणयोग्य नाफा भने जम्मा १ अर्ब रुपैयाँमात्रै छ । तर, बैंकले जगेडाकोषको प्रयोग गर्ने हो भने बोनश शेयर बढाउन सक्ने अवस्था छ ।

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ९८ करोड रुपैयाँ छ । नेपाल सरकारको ५ अर्ब ४३ करोड रुपैयाँको अग्राधिकार शेयरसहित १६ अर्ब ४२ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ११ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यदि नाफा र जगेडा कोष प्रयोग भयो भने लाभांश बढ्न सक्ने छ । यसअघि कृषि बैंकले १५ देखि २० प्रतिशतसम्म बोनस सेयर बितरण गरेको छ । यस वर्ष पनि उसले पहिलेभन्दा राम्रो बोनश दिने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्