परीक्षा बोर्डको अध्यक्ष बन्न १५ जनाले दिए आवेदन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष बन्न १५ जनाले आवेदन दिएका छन । बोर्डले अध्यक्ष पदमा गत २५ गते एक सुचना जारी गदै दरखास्त आह्वान गरेको थियो ।
सुचना अनुसार शिक्षा तथा परीक्षाको क्षेत्रमा १२ वर्षको अनुभव भएका र कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्तिले दरखास्त दिन पाउने कानुनी व्यवस्था उल्लेख गरिएको थियो ।
बोर्ड अध्यक्ष बन्नको लागि आवेदन दिनेले नेतुत्व अवधारणापत्र र चार वर्षको व्यवसायिक कार्ययोजना समेत पेश गरेको बोर्डले जनाएको छ ।
दरखास्त दिनेहरूको अवधारणापत्र र कार्ययोजनाको समेत मूल्याङ्कन गरेर छनोटका लागि सिफारिस समितिका सदस्य प्राध्यापक डा. लेखनाथ शर्माले एक जनाको नाम सरकारलाई बुझाउने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।













