३४२ जना निको भए, १५८ जनामा कोरोना संक्रमण
काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा ३ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ३ सय ८९ जना पुगेको छ ।
गत २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमण हुनेको संख्या ८ लाख २० हजार ८ सय ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ जनाको मुत्यु भएको छ । हाल देशभर ६ हजार ९ सय ६६ जना संक्रिय संक्रमित रहेका छन । हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय २३ जनाको ज्यान गएको छ ।














