‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७८’ केशव पौडेललाई प्रदान गर्ने निर्णय « Arthapath.com
२ श्रावण २०८३, शनिबार

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७८’ केशव पौडेललाई प्रदान गर्ने निर्णय



काठमाडौं । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशव प्रसाद पौडेललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको दशौं स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार पौडेललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् ।

पत्रकार पौडेल २०४२ सालदेखि पत्रकारितामा सक्रिय छन् । हाल उनी न्यु स्पटलाइट पाक्षिक म्यागजिनका प्रकाशक र सम्पादक हुन् । काठमाडौं–३२, कोटेश्वरका स्थायी वासिन्दा उनी सन् २००६ मा ‘डेभलपिङ एसिया जर्नालिज्म अवार्ड’बाट सम्मानित भएका थिए । खेलकुद बिटको समाचार लेखनबाट पत्रकारिताको सुरुवाती गरेका पौडेल पछिल्लो समय विकास र आर्थिक विषयवस्तुमा कलम चलाउँछन् ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार पौडेललाई तेस्रो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्