ज्योति विकास बैंकका सीईओको तलव पौने करोड, अन्य कार्यकारी पदाधिकारीको साढे १ करोड रुपैयाँभन्दा बढी « Arthapath.com
२६ पुष २०७८, सोमबार

ज्योति विकास बैंकका सीईओको तलव पौने करोड, अन्य कार्यकारी पदाधिकारीको साढे १ करोड रुपैयाँभन्दा बढी



काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को वार्षिक आम्दानी ८० लाख रुपैयाँ भन्दा बढी रहेको छ । तत्कालिन सीईओ मनोज ज्ञवालीले बैंकबाट राजीनामा दिएपछि भट्टलाई साउन २०७७ देखि लागू हुने गरी नियुक्त गरेको थियो । बैंकिङ क्षेत्रमा झण्डै २ दशकभन्दा बढी समयको अनुभव रहेका भट्टले ज्योति विकास बैंकबाट झण्डै १ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

बैंकका सीईओ श्रीचन्द्र भट्टले गत आर्थिक बर्ष २०७७–७८ मा तलव वापत ५३ लाख १५ हजार ६२५ रुपैयाँ, भत्ता वापत १७ लाख ९९ हजार ५९४ रुपैयाँ, दशैभत्ता तथा उपहार वापत ४ लाख ५० हजार रुपैयाँ र सञ्चय कोष योगदानवापत ५ लाख ३१ हजार ५६३ रुपैयाँ गरी कूल ८० लाख ९६ हजार ७८२ रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

त्यस्तै, अन्य उच्च कार्यकारी पदाधिकारीको गत आर्थिक बर्षमा तलव ८१ लाख ११ हजार ८४४ रुपैयाँ, भत्ता वापत ३० लाख ६४ हजार रुपैयाँ, दशैं भत्ता तथा उपहार वापत ८ लाख ८० हजार ९४ रुपैयाँ र सञ्चय कोष योगदान वापत ८ लाख ११ हजार १८४ रुपैयाँ, जीवन बीम प्रिमियम वापत १ लाख ७८ हजार ४७२ रुपैयाँ र बोनस वापत २९ लाख ८ हजार ८८१ रुपैयाँ गरी कूल १ करोड ५९ लाख ५४ हजार ७३६ रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

यता सञ्चालकहरुले बैठक भत्ता वापत २३ लाख ८ हजार ५ सय रुपैयाँ र पत्रपत्रिका मोबाइल र इनटरनेट वापत ३ लाख ५५ हजार ५ सय रुपैयाँ बुझेका छन् ।

बैंकले गत आर्थिक बर्षमा कर्मचारी खर्च (कर्मचारी वोनस सहित) ६१ करोड ९८ लाख ९७ हजार ६५६ रुपैयाँ वितरण गरेको छ भने कार्यालय सञ्चालन खर्चमा ३९ करोड २० लाख ३४ हजार ९५७ रुपयाँ गरी कूल १ अर्ब १ करोड १९ लाख ३२ हजार ६१२ रुपैयाँ खर्च गरेको छ ।

बैंकले सञ्चालक समितिको प्रतिबैठक भत्ता अध्यक्षलाई १० हजार रुपैयाँ, सञ्चालकलाई ९ हजार रुपैयाँ गरी सञ्चालक समितिको कुल बैठक खर्च २३ लाख ८ हजार ५ सय रुपैयाँ र विभिन्न उपसमिति वैठक भत्ता ४ लाख १५ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्