एकै दिन ५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि « Arthapath.com
३० पुष २०७८, शुक्रबार

एकै दिन ५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५६० वटा नमुना परीक्षणमा ५ हजार ८७ मा संक्रमण पुष्टि भएको हो । मन्त्रालयको अनुसार परीक्षण गरिएको २४ प्रतिशत बढीमा संक्रमण पुष्टि भएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ जना पुगेका छन् । तर हाल कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १८ हजार २३५ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३०६ जना निको भएका छन् । योसहति नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ६५३ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१३ जना पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्