६७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मुत्यु « Arthapath.com
३ माघ २०७८, सोमबार

६७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मुत्यु



काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय ६५ जनामा गरिएको परिक्षणमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख ५९ हजार ४ सय ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ सय ४७ जना कोरोना संक्रमणमुक्त भएक छन् । भने ३ जनाको मुत्यु भएको छ । हाल देशभर ३० हजार ८ सय ७७ जना संक्रिय संक्रमित रहेका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १६ हजार ९ सय ८५ र ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्