१२००८ जनामा कोरोना संक्रमण, ८ जनाको मुत्यु « Arthapath.com
११ माघ २०७८, मंगलवार

१२००८ जनामा कोरोना संक्रमण, ८ जनाको मुत्यु



काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९ सय ९ जनामा गरिएको परिक्षणमा थप १२ हजार ८ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । भने ३ हजार ४ जना निको भएका छन् । हाल देशभर ८८ हजार ९ सय ३४ जना संक्रिय संक्रलमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप भएका संगै कोरोना संक्रमित हुनेको संख्या ९ लाख २७ हजार ८ सय ८० पुगेको छ । जसमा ११ हजार ६ सय ६७ जनाको मुत्यु भएको छ भने ८ लाख २७ हजार २ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्