काठमाडौ उपत्यकामा थपिए ६१७२ जना कोरोना संक्रमित « Arthapath.com
११ माघ २०७८, मंगलवार

काठमाडौ उपत्यकामा थपिए ६१७२ जना कोरोना संक्रमित



काठमाडौ । कोरोना संक्रमित मध्ये आधा भन्दा बढि उपतयकामा थप भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ८७५, ललितपुरमा ७८२ तथा भक्तपुरमा ५१५ जना गरि थप ६ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप भएसंगै काठमाडौँमा ४१ हजार ६३३, ललितपुरमा ९ हजार ६६८ तथा भक्तपुरमा ५ हजार ५८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

आज देशभर १२ हजार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर थपिएका मध्ये काठमाडौं उपत्यकामा आधाभन्दा बढिमा संक्रमण पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस्