साताको अन्तिम दिन झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा निरन्तर गिरावट « Artha Path
१३ माघ २०७८, बिहीबार

साताको अन्तिम दिन झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा निरन्तर गिरावट



काठमाडौं । साताको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । साताभर लगातार ओरालो लागेको नेप्से आज विहिबार भने ३.२९ अंकले ओरालो लागेर कारोबार मापक नेप्से परिसुचक २७७९.९३ अंकमा पुगेर बजार बन्द भएको छ ।

यस दिन केहि समुहमा भने हिरयाली छाएको छ । यस दिन हाईड्रोपावार ५.३५, फाइनान्स १४.६५, निर्जिवन विमा समुह १३२.१, उत्पादन २५, अन्य १७, माईक्रोफाइनान्स ५.४४ र लगानि ०.४८ अंकले बढेको छ । त्यसैगरी जिवन विमा १.३२, बैकिङ्ग ४.३३, व्यापार ६.९९, होटल एण्ड टुरीजम २१.७२,विकास बैंक २१.७२ अंकले ओरालो लागेको छ ।

कारोबार रकम भने दैनिक जसो ओरालो लाग्न थालेको छ । हिजो ४ अर्ब भन्द बढिको शेयर कारोबार भएकोमा यस दिन घटेर ३ अर्बमा सिमित भएको छ । आज दिनभर २ सय २४ कम्पनिको ६ करोड ६७ लाख ५ हजार २ सय ३१ कित्ता शेयर ५० हजार ९ सय ६५ पटक किनबेच हुदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रुपैयाँकाृे शेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्