नेपाल औषधि लिमिटेडले थप १० वटा औषधि उत्पादनको अनुमति पायो « Arthapath.com
१३ माघ २०७८, बिहीबार

नेपाल औषधि लिमिटेडले थप १० वटा औषधि उत्पादनको अनुमति पायो



काठमाडौं । नेपाल औषधि लिमिटेडले थप १० वटा औषधि उत्पादनको प्रमाणपत्र पाएको छ । नेपाल औषधि लिमिटेडले थप १० वटा औषधि उत्पादनको अनुमति पाएको हो ।

लामो समयदेखि औषधि उत्पादनमा अनुमति मागिरहेको लिमिटेडले अन्ततः थप १० वटा औषधि उत्पादनको प्रमाणपत्र पाएको नेपाल औषधि लिमिटेडले जनाकारी दिएको छ । उक्त प्रमाणपत्र औषधि व्यवस्था विभागले दिएको हो ।

उनका अनुसार अब लिमिटेडले सिटामोल सहित १३ वटा औषधि उत्पादन गर्नेछ । जसमा १० वटा नयाँ औषधि रहेका छन् । जुन RDZ-400, Cetaplus, Cetrimine, Amgit-400, Ardiron-60, Neprofen-400, Haemodialysis Fluid part A, Haemodialysis Fluid part B, Ardicipro-500, Azcin-500 र Amgit Df रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्