कोरोना संक्रमति भन्दा निको हुनेको संख्या बढ्दै, ५ हजार २९२ जनामा संक्रमण पुष्टि « Arthapath.com
१७ माघ २०७८, सोमबार

कोरोना संक्रमति भन्दा निको हुनेको संख्या बढ्दै, ५ हजार २९२ जनामा संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कूल कोरोना संक्रमतिको संख्या ९ लाख ५३ हजार ९१३ जना पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमबाट ८ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७४३ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार १९१ जना कोरोना संक्रमणमुत्त भएका छन् । योसहित नेपालमा जम्मा ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन ।

हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् । जसमध्ये ७७ हजार ६६५ जना होम आइसोलेसनमा छन् भने १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

काठमाडौं उपत्यकामा थप १ हजार ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १ हजार ३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्