काठमाडौं महानगरपालिकाले करारमा माग्यो कर्मचारी (विज्ञापनसहित) « Arthapath.com
१८ माघ २०७८, मंगलवार

काठमाडौं महानगरपालिकाले करारमा माग्यो कर्मचारी (विज्ञापनसहित)



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि कुल २३१ जना कर्मचारी माग गरेको हो ।

करार सेवामा २१ जना सुपरीवेक्षक र २१० जना गणक माग गरिएको छ । जसमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र आवश्यक न्युनतम योग्यता पुगेका इच्छुक युवायुवतीले आवेदन दिन सक्नेछन् । आवेदनको म्याद ७ दिनको रहेको छ ।

आवेदन अनलाइन प्रणालीबाट मात्र स्वीकृत हुनेछ । काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली मार्फत आवेदन दिन सकिने र भौतिक रुपमा बुझाइएका आवेदनहरू भने मान्य नहुने जनाइएको छ ।

यस्तो छ विज्ञापन :


प्रतिक्रिया दिनुहोस्