सुनको मुल्य घट्यो, चाँदीको मुल्य कति ? « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

सुनको मुल्य घट्यो, चाँदीको मुल्य कति ?



काठमाडौं । शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार तुलनामा शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलामा ९२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ तोकिएको छ । बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजावी सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्