फाइनान्स कम्पनीको चुक्ता पूँजीः मञ्जुश्री अग्रस्थानमा, ३ कम्पनीको १ अर्ब भन्दा बढी, समृद्धिको २ सय प्रतिशत बढ्यो « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

फाइनान्स कम्पनीको चुक्ता पूँजीः मञ्जुश्री अग्रस्थानमा, ३ कम्पनीको १ अर्ब भन्दा बढी, समृद्धिको २ सय प्रतिशत बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १५ वटा फाइनान्स कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका फाइनान्स कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी मञ्जुश्री फाइनान्सको रहेको छ ।

मन्जुश्री फइनान्सको चुक्ता पूँजी ४० प्रतिशत बढेर १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रोमा आइसीएफसी फाइनान्सको १ अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ, तेस्रोमा पोखरा फाइनान्सको १ अर्ब ४ करोड ९ लाख १९ हजार रुपैयाँ, चौंथोमा श्री इन्भेष्टमेन्ट फाइनान्सको ९५ करोड ८६ लाख ७५ हजार रुपैयाँ र पाचौंमा गुडविल फाइनान्सको ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा मन्जुश्री फइनान्स, आइसीएफसी फाइनान्स र पोखरा फाइनान्सको चुक्ता पूँजी १ अर्ब भन्दा बढी रहेको छ भने अन्य कम्पनीको चुक्ता पूँजी १ अर्बभन्दा कम रहेको छ ।

पौष मसान्तसम्ममा ७ फाइनान्स कम्पनीको चुक्ता पूँजी बढेको छ भने ८ वटा फाइनान्सको चुक्ता पूँजी स्थिर रहेको छ । यसअ वधिमा सबैभन्दा धेरै चुक्ता पूँजी बढ्नेमा समृद्धि फाइनान्सले २ सय प्रतिशत बढेको छ ।


प्रतिक्रिया दिनुहोस्