भौतिक रुपमा विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

भौतिक रुपमा विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल



काठमाडौं । भौतिक रुपमा विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवालासँग छलफल गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो छलफल भएको हो ।

छलफलमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । त्रिपक्षीय छलफलमा विद्यालय खोल्ने या नखोल्ने विषमा छलफल भएको स्रोतले जनाएको छ ।

स्थानीय तहले भौतिक रुपमा विद्यालय खोल्ने निर्णय गर्न थालेपछि दबाबमा परेको सरकारले यसबारे छलफल थालेको हो । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्