काठमाडौंमा भोलीदेखि बालबालिकालाई फाइजर खोप दिइने « Arthapath.com
२३ माघ २०७८, आईतवार

काठमाडौंमा भोलीदेखि बालबालिकालाई फाइजर खोप दिइने



काठमाडौं । कोभिड–१९ विरुद्ध सोमबारदेखि काठमाडौं महानगरपालिकामा बालबालिकालाई फाइजर खोपको दोस्रो डोज लगाइने भएको छ।

जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार, २४ माघदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाइने महानगरपालिकाले जनाएको छ। १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजरको दोस्रो डोज लगाइने महानगरको स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जनाएका छन्।

महानगरका सबै वडामा शनिबार बाहेक सबै दिन बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने भएको छ। यसका ३२ वटै वडामा खोप केन्द्र तोकिएको छ।

फाइजरको पहिलो डोज लगाएको २१ दिन पूरा भएका बालबालिकाले खोप लगाउन सक्नेछन्। यसका लागि पहिलो डोज लगाएको खोप कार्ड बोकेर नजिकको खोप केन्द्रमा जान महानगरले अनुरोध गरेको छ।

यसका लागि महानगरले सबै वडा कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोप लगाउन निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्