६ हजार १४६ जना कोरोना संक्रमणमुक्त, थप १३ जनाको मृत्यु « Arthapath.com
२४ माघ २०७८, सोमबार

६ हजार १४६ जना कोरोना संक्रमणमुक्त, थप १३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४० हजार १११ संक्रिय संक्रमित छन् । जसमध्‍ये ३८ हजार ८८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार २२८ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २५५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्