सुनको मुल्य बढ्यो, तोलामा कतिले हुँदैछ कारोबार « Arthapath.com
२७ माघ २०७८, बिहीबार

सुनको मुल्य बढ्यो, तोलामा कतिले हुँदैछ कारोबार



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाला सुन तोलको ९३ हजार ४०० रुपेयाँ र तेजावी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य स्थीर बनेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ कायम गरिएको छ । चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

बुधबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्