आज सुनको मुल्य बढ्यो, तोलामा कति पुग्यो ? « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

आज सुनको मुल्य बढ्यो, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकसयले बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमा आज शुक्रबार तोलामा एक सयले बढेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा ५०० सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२८० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्