लाइसेन्समा नयाँ ब्यवस्थाः आज बायोकेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

लाइसेन्समा नयाँ ब्यवस्थाः आज बायोकेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल



काठमाडौं । बागमती प्रदेश, मुख्यमन्त्रीको कार्यालय, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुुस्त प्रणालीको व्यवस्था गर्ने गरी आवेदन प्रणाली खुला गर्ने गरी तयारी गरि रहेको छ । यसबाट सेवाग्राहीले विचौलिया बिना सेवा पाउने तथा यस क्षेत्रमा चमत्कारिक फड्को मारिने विश्वास गरिएको छ ।

नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुुस्त प्रणालीको व्यवस्था मिलाउन गृहकार्यमा रहेको सवारी चालक अनुमतिपत्र कार्यालय ठूलो भयाङका निमित्त प्रमुख सञ्जय थापाले जानकारी दिए ।

लाइसेन्स वितरण, नविकरण यसका लागि बायोमेट्रिक दर्ता, लिखित परीक्षा, ट्रायलको प्रवन्ध तथा राजस्व सङ्कलनलगायतका सेवा प्रदान गर्दै आइरहेको छ । सो कार्यालयले विसं २०७८ फागुन महिनासम्म लाइसेन्सका लागि अनलाइन फाराम भरेका विसं २०८१ असारसम्म ‘अफिस भिजिट डेट’निर्धारण गरेका सबै सेवाग्राहीका काम यही वैशाख २५ गतेभित्र सम्पन्न गरिने जनाएको छ । अहिले देशभर करिब साढे सात लाख सेवाग्राही नयाँ लाइसेन्स अनुमतिका पर्खाइमा रहेका छन् ।

करिब तीन वर्ष सोही कार्यालयको शाखा अधिकृतका रुपमा कार्यरत थापाले विसं २०७७ पुस ५ देखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए । उनले भने, “मैले तीन वर्षे कार्ययोजना बनाइ मेरो तालुकदार निकाय प्रदेश मुख्यमन्त्री कार्यालय, श्रम, रोगार तथा यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागमा प्रस्तुत गरेको गरेँ । ती निकायका उच्च नेतृत्वको निरन्तर उत्प्रेरणा र सहजीकरणले गर्दा कार्ययोजना कार्यान्वयन भइराखेको छ । यसले नतिजा दिन थालेको छ ।” उनले भने ।

मुख्यमन्त्री तथा श्रम, रोजगार तथा यातायात मन्त्री यातायात क्षेत्र कसरी सुधार गर्ने भन्नेमा धेरै चिन्तित हुनुहुन्छ, सेवा प्रवाह चुस्त र सहज बनाउन निर्देश, समन्वय तथा आवश्यक बजेटका लागि सहजीकरण गरिदिइरहनुभएको छ आइतबार बागमती प्रदेश मुख्यमन्त्री रोजेन्द्र पाण्डेसँग निमित्त प्रमुख थापाले भेट गरेकामा छलफल भएको थियो ।

श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात क्षेत्रको सुधारका लागि उच्च प्राथमिता दिएको बताएका छन् । यसक्रममा उनले यातायात कार्यालयका सेवालाई छिटो, छरितो र चुस्त बनाउन विभिन्न नीतिगत सुधारको थालनी गरे ।

विचौलिया विनाको सेवा प्रवाह

कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउ सेवा प्रवाह तालिका कार्यान्वयनमा ल्याएको छ । कार्यालयको आगनमा नै सबै सेवाग्राहीले देख्ने गरी कुन कोठामा के काम हुन्छ, त्यो काम कुन कर्मचारीको जिम्मेवारीभित्र पर्छ भन्ने जानकारीको सूचना पार्टी छ । निमित्त प्रमुख थापाले भने, “सेवा प्रावह तालिका कार्यान्वयनमा आएपछि सेवाग्राहीले विचौलियका हात समात्न परेको छैन । सेवाग्राहीले कोठामा रहेका कर्मचारीबाट सहज सेवा पाइरहेका छन् । यसका लागि मैले कर्मचारी साथीलाई सेवाग्राही मैत्री बन्न विशेष आग्रह तथा निर्देश गरेको छु । सेवाग्राहीका हरेक गुनासो म आफैले सम्बोधन गर्दै आइरहेको छु । मलाई भेट्न सेवाग्राहीलाई कुनै समस्या छैन । सेवाग्राही मलाई भेट्न होइन,म उहाँहरुलाई भेट्दै काम गरिदिन्छु । कार्यालय विचौलियामुक्त बनाएको छु ।”

सो कार्यालयले अहिले औसतमा दैनिक ६०० सेवाग्राहीलाई आवश्यक सेवा प्रवाह गरिराखेको छ । कार्यालयले चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’बाट ट्रायल परीक्षा सञ्चालन गरिराखेको छ । ३२ रोपनी जमिनमा फैलिएको नेपालको सबैभन्दा ठूलो, अत्याधुनिक तथा सुविधा सम्पन्न सो भेहिकल एकेडेमीको क्षमता दुई हजारभन्दा बढी रहेको जनाइएको छ ।

कार्यालयले यातायातका सबै साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ । कार्यालय प्रमुख थापाले भन्नुभयो, “भेहिकल एकेडेमीमा सबै प्रकारका यातायातका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कार्यालयले एकेडेमीबाट नै लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको छ ।” एकेडेमीको क्षमता दैनिक दुई हजारभन्दा बढीको ‘ट्रायल’ परीक्षा सञ्चालन गर्नसक्ने तर ‘ट्रायलको कोटा’ निर्धारण गरिएका कारण क्षमता उपयोग गर्न नपाइरहेको जनाइएको छ ।

लिखित परीक्षा उत्तीर्ण भएपछि तीन पटकसम्म ट्रायल दिन पाउने प्रावधानलाई संशोधन गरी ‘ट्रायल’ पास नभएसम्म दिन पाउने व्यवस्था गर्न लागिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्