”आऊन साथी आऊ” बोलको स्वदेश गान लोकार्पण « Arthapath.com
१ भाद्र २०७९, बुधबार

”आऊन साथी आऊ” बोलको स्वदेश गान लोकार्पण



काठमाडौ । जनआकाश साप्ताहिकले आफ्नो पन्ध्रौं वार्षिक उत्सवको अवसरमा रामेछापका जननिर्वाचित पदाधिकारीहरुलगाएत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान अर्पण गर्दै प्रधान सम्पादक मोहन कार्कीद्धारा रचना गरिएको “आऊन साथी आऊ” बोलको स्वदेश गान लोकार्पण गर्दै वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा जनआकाश साप्ताहिकको प्रधान सम्पादक मोहन कार्की अध्यक्षता र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की
प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। समारोहमा मन्त्री कार्कीले पत्रिकालाई शुभकामना व्यक्त गर्दै स्वास्थ,तथ्य,प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउछ भन्ने तपाईहरुलाई पनि लागेको होला म पनि त्यसैमा विश्वास गर्छु ।” उनले थप्दै भने यो यस कार्यक्रममा जननिर्वाचित रामेछापका पदाधिकारीहरुलाई शुभकामना दिने अवसरको लागि आयोजकलाई धन्यवाद ।

“यस कार्यक्रमा शूभकामना राख्नुहुने महत्वपुर्ण व्यक्तिहरुले महत्वपुर्ण बिषयहरु राख्नु भएको छ । त्यस प्रति म एउटा साधरण नागरिक र हाल नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व गरिरहेको हैशियतवाट महत्वपूर्ण उठेका बिषयहरुको कार्यन्वयन गर्न प्रतिबद्ध छु । सुशासन दिगो विकासका लागि सृर्जनशीलता पत्रकारिताको आजको आवश्यकता हो” उनले भनाई राखेका थिए। कार्यक्रममा स्वगत मन्तव्य राख्दै जनआकाशका स्तमभकार दामोदर ढकालले मोहन कार्कीको नेतृत्वमा काम गर्दै आएको र दुख गरेर सफलता हाशिल गर्न सकिन्छ भन्ने उदारण मोहन कार्की हुन् भनेर प्रशंसा गरेका थिए ।

शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सुर्य सुवेदी रहुन भएको थियो, भने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले बिज्ञापन वोर्ड स्थापना हुदा हामी खुशी भएका थियौ तर आज विज्ञापन बोर्ड पत्रकारहरुको रक्षक भन्दा भक्षक भएको भन्दै विज्ञापन वोर्डप्रति मन्त्रीज्यूको धयानकर्षण गराउनु भएको थियो ।त्यसैगरी उनले थप्दै भन्नु भयो यहा उपस्थित मन्त्री जेष्ठ पत्रकार जीवन बृति कोषको लगि पत्रकारहरुले उठाएका माग सम्बोधन गर्नुभएकोमा प्रसंशा गर्नुभएको थियो ।

सम्मानित हुनुहुनेहरुको तर्फवाट भाषा विद तिलक प्रसाद लुईटेलले स्रष्टाहरुलाई सम्मान गरेकोमा धन्यवाद दिएका थिए । कार्यक्रमको समापन जनआकाशका प्रधान सम्पादक मोहन कार्कीले गर्नुभएको थियो । कार्यक्रमको बिशेष अतिथिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महसंघका अध्यक्ष रहनु भएको थियो ।कार्यक्रमको सञ्चालन जनआकाशका कानुनी सल्लाहकार कुमार अधिकारीले गरेका थिए । ।


प्रतिक्रिया दिनुहोस्