शेयर बजार साढे १९ अंकले घटेर परिसूचक २६०१ विन्दुमा आयो, कारोबार ४ अर्ब ६१ करोड  « Arthapath.com
२५ असार २०८३, बिहिबार

शेयर बजार साढे १९ अंकले घटेर परिसूचक २६०१ विन्दुमा आयो, कारोबार ४ अर्ब ६१ करोड 



काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको मौद्रिक नीतिले शेयर बजार बढ्ने अपेक्षा गरिए पनि शेयर बजारलाई राहत दिन खालको केही पनि नीति नआएपछि दोस्रो दिन पनि शेयर बजार घटेको छ । 

शेयर बजार घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०१.९२ विन्दुमा आएको छ । आज शेयर बजार १९.६७ अंकले अर्थात ०.७५ प्रतिशतले घटेको छ । 

आज नेप्से घट्दा ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार रुपैयाँ बराबरको ८७ लाख ५१ हजार ३८० कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३६१ वटा कम्पनीको शेयर ५७ हजार ८६४ पटक किनबेच भएको छ । 


प्रतिक्रिया दिनुहोस्