सडकको व्यापार : भोकोे पेट पाल्न सडकपेटीमै उभिन्छिन् कुमारी « Arthapath.com
४ भाद्र २०७९, शनिबार

सडकको व्यापार : भोकोे पेट पाल्न सडकपेटीमै उभिन्छिन् कुमारी



काठमाडौं । यो दृश्य साँझ सात बजे ठमेलको तिर्सरा बेकरी नजिकै को हो । सानो ठेला, ठेलाको छेउका सानी नानी, पोलेको मकैको साथै प्लाष्टिकमा नुन र फिटकिरी । यहीँ बाटोमा विदेशी पर्यटहरु आफ्नै पारामा रमाउदै मस्त अनि व्यस्त हुँदै फोटो खिच्दै पसलमा झुन्डिएको सामानलाई अवलोकन गर्दैछन् ।

अरु ठाँउहरुको सडक पेटीमा जस्तो घोगाको ४०, घोगाको ४० भनेर चिच्याउन पनि त मिलेको छैन दोलखा कि कुमारीलाई । कोहि आएर एउटा मकै किन्देला कि भनेर बाटो हेर्दै बस्नुपर्ने अवस्था छ उनलाई ।


“व्यापार हुन्छ, हुन्न थाहा नै हुँदैन । नगर प्रहरी कत्तिवेला कुन दुलोबाट आइपुगेर सामान उठाएर लैजाने हो भन्ने डरले घेरिरहेको हुन्छ । हरबखत चनाखो हुनुपर्छ । अस्ति बसन्तपुर को कर्नरमा थिए । ठेला उठाउँदा ठेलामा भएकी यो बालाखा नानीलाई पनि काटुर्न मै हालेर लग्यो । देख्ने बित्तिकै झम्टिहाल्छन् । बागले सिनो नै भेटेजसरी ,दैनिक ६० घोगा मात्रै मकै ल्याउँछु यत्ति बेच्न पाएँ भने त बेलुका र बिहान खान पुग्छ, फेरि दिउँसोदेखि साँझसम्म यहीँ सडककै व्यापार ” कुमारीले भनिन् ।

कुमारी आफ्नो दुःख यसरी सुनाउँछिन्

‘एकल आमा छु खाली पेट पाल्नै पर्यो । काठमाडौं आएर सुरुमा त ज्यामी काम पनि गरेँ । त्यसले मलाई धेरै रोग निम्त्याएको भएर छोँडे । तरकारी पायो तरकारी, मकै पायो मकै जे व्यापार हुन्छ, त्यहीँ व्यापार गर्छु । तर के गर्नु यहा नगरप्रहरीसँग जोगिएर काम गर्न गाह्रो छ । कसैलाई असर नपरोस् भनेर अलि खुल्ला ठाउँमा गएर बस्यो भने त प्रहरी झन् सजिलै आइपुग्छ । उनीहरू आएपछि भाग्न त सम्भव हुँदैन, घेरा हालेर समाउँछन् । अहिलेसम्म १३ पटक मेरो ठेला लगिसक्यो । समाएपछि त आत्मसमर्पण नै गर्ने हो, अरु मेरो केही उपाय लाग्दैन।

आफ्नो भन्ने यहि एउटी छोरी छ । उसकै लागि गरेको मैले यो सब । मैले त जिन्दगी देखिसकेको थिँए, भोगिसकेको थिँए । मरे पनि बाँचे पनि खासै फरक पर्दैन्थो । तर छोरीको मुख हेर्छु मैले पाप गरेजस्तो लाग्छ । काम नगरे त यो सानी नानीलाई दुध खुवाउन पनि सक्दिनँ ।
धनीको छोरा छोरीलाई त पौष्टिक तत्व भन्दै के के खुराक खुवाउछन् । आफ्नो त बिहान देखि बेलुकासम्म रोड को धुलो कै भर बाँचेकी छ ।

सानोतिनो जागिर खाउँ न त भनौभने डिग्री पढेका मान्छेहरु नै बेरोजगार छन् । रोजगारको पहुँच छैन । त्यसमाथि पनि मेरो पढाइ छैन यसो अक्षरमात्रै चिन्छु ।

गाउँ फर्केर जाउँ भने बस्ने घर छैन । आफ्नो नाममा केही पनि छैन । उमेर नपुग्दै बिहे गरियो । श्रीमान् जड्याहा । सधै जाँड खाएर मलाई नै कुटेर रुवावासी बनाउछ । के लोग्ने भन्नू खै, जिम्मेवारीबाटै पछाडी हटेपछि । माइती दोलखा हो । घर छैन भन्दा पनि फरक पर्दैन ।

त्यसैले यही दुई चार सयको व्यापार गरेर जीवन गुजार्नु परेको हो । सटरमा बसेर भाडा तिर्न सकिदैन । सानो लगानीको व्यापारमा महँगो भाडा तिरेर कमाउने कि बचाउने ? नुन–तेलको खर्च केल्ले पु¥याउने ?महँगीले आकाश छोएको छ । सटरमा राखेर फेरि कोठाभाडा तिर्ने कि सटरभाडा?

नानी पनि ठुली हुँदै जान्छे खर्च झन बढ्छ । स्कुल जाने बेला हुन्छे अब बिस्तारै । पढाउन लेखाउन पनि पर्यो ।
अहिले त नगरप्रहरी मात्रै हैन, सिभिल प्रहरी पनि सडकमा बसेर व्यापार गरेको देखि सहँदैन । गरिब हुन् गरिखाउन् भन्ने भावना कसैमा पनि छैन । ठूलो अपराध गरेजस्तो गर्छन् । सडकपेटीमा नबसे पेट भरिन्न ।’

Tags :

प्रतिक्रिया दिनुहोस्