प्रतिकित्ता ६५० रुपैयाँमा सपोर्ट लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ हजार ७ सय पन्ध्र कित्ता सेयर बिक्री गरेको छ । उक्त लघुवित्तले भदौ ९ गते देखि संस्थापक सेयरमा ल्याएको हो ।
सेयरको भाउ प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्युनतम आधार मानेर दर रेट तोक्नुपर्ने छ ।सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्ताले भदौ २३ गते भित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकुमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
यसका लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो ।