ओलीलाई भावि प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय « Arthapath.com
११ भाद्र २०७९, शनिबार

ओलीलाई भावि प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । शनिबार सम्पन्न एमाललेको केन्द्रिय कमिटि बैठकले उक्त निर्णय गरेको हो ।

केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गर्नुका साथै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गरिसकेको छ ।

यसैबीच अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित बनेका नेताहरूलाई यसपटक दोहो¥याएर समानुपातिक उम्मेदवार नबनाउने पनि एमालेले निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्