सुदूरपश्चिममा एकीकृत समाजवादी छाडेर हजारौ संख्यामा एमाले प्रवेश, वलीले गरे स्वागत « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

सुदूरपश्चिममा एकीकृत समाजवादी छाडेर हजारौ संख्यामा एमाले प्रवेश, वलीले गरे स्वागत



काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा छोडेर एमालेमा फर्किएको लर्का नै लागेको छ । बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटीले महेन्द्रनगरमा आयोजना गरेको ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’ मा उनीहरु एमालेमा फर्किएका हुन्। एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्द र आज मात्रै पदमुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीसहितका नेता एमालेमा फर्केका हुन्।

त्यस्तै, माओवादी केन्द्रका प्रभावशाली नेता नेता शंकर दत्त जोशी, मोहन गिरी लगायतका नेताहरू पनि भोलि एमाले प्रवेश गर्ने जनाएका छन्। साथैबृहत् पार्टी प्रवेश कार्यक्रममा २ हजार बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्