विद्यालय पुस्तकालय म्यानुअल सार्वजनिक « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

विद्यालय पुस्तकालय म्यानुअल सार्वजनिक



काठमाडौं । पन्ध्रौं पुस्तकालय दिवसका अवसरमा ‘विद्यालय पुस्तकालय म्यानुअल’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादव, शिक्षा सचिव रामकृष्ण सुवेदी र विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी ब्रजाचार्य पुस्तकको विमोचन गरेका हुन् ।

कथालयद्वारा प्रकाशित उक्त हाते पुस्तकको लेखन मुरारिविनोद पोखरेल, भोलाकुमार श्रेष्ठ र राजीवधर जोशीले गरेका हुन् । ३ हजारभन्दा बढी विद्यालयको अनुगमन र २० वर्षको आफूहरूको अनुभवमा पुस्तक प्रकाशन गरिएको लेखकहरूको भनाइ छ ।

विद्यालयहररूमा भएका जनशक्तिबाट नै ब्यवस्थित तरिकाबाट बिद्यालयमा पुस्तकालयको ब्यवस्थापन गर्न सकिने गरि यो निर्देशिका तयार पारिएको छ । साथै हरेक विद्यार्थीलाई नियमित र निश्चित समयमा पुस्तकालय आउने, पुस्तक लाग्ने समयको व्यवस्थापनमा यो पुस्तकले सघाउने लेखक राजीवधर जोशीले बताए । पुस्तकालय स्थापना गर्दा कस्तो कोठा र कति क्षेत्रको चाहिने, कक्षा स्तरअनुसार कस्ताकस्ता पुस्तक संग्रह गर्नेदेखि फर्निचर कस्ता र कति साइजका राख्नेजस्ता प्राविधिक पक्षलाई पनि पुस्तकमा नक्सासहित जानकारी गराइएको छ ।

बजारमा आएका पुस्तकहरूप्रति शिक्षक र विद्यालयको चासो हुनुपर्ने, पुस्तकालयमा गाइड(गेसपेपर वर्जित हुनुपर्ने तथा पुस्तकालय सञ्चालनका लागि कस्तो समिति आवश्यक हुन्छ भन्नेबारे पनि पुस्तकमा सुझाइएको छ ।


प्रतिक्रिया दिनुहोस्