बेकोले ल्यायो दशैंतिहार योजना, यी सामान खरिद गर्दा उपहार नै उपहार

काठमाडौं । युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको चाडपर्वलाई लक्षित गरि उपहारको आयोजना गरेको छ । दशैंतिहार लक्षित गर्दै बेकोसँग दशैं तिहार भित्र्याउनुहहोस् खुशी र उपहार नामक योजना सार्वजनिक गरेको हो । यो योजनामा बेको ब्राण्डको कुनैपनि सामान खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनिले जनाएको छ ।
कम्पनिका अनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फएक्स्सेल म्याटिक वाशिङ पाउडर उपाहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपाहार पाइन्छ । साथै बेकोको रेफ्रिजीरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाइन्छ भने कूकिङरेन्जको खरिदमा प्रेसर कूकर र एअरकन्डिसनको खरिदमा ४ हजार बराबरको फ्री इन्स्ट्लेसन पाइन्छ ।
यो योजना १० भदौदेखि सीमितअवधिका लागि लागू गरिएको बताइएको छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजीइओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजीडिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारी पाटी, भक्तपुर राधेराधे, बीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन ।