सद्गुरुको विश्वव्यापी माटो जोगाऔँ अभियानमा नेपालको ऐक्यबद्धता

काठमाडौ । नेपालले सद्गुरुको विश्वव्यापी माटो जोगाऔँ अभियानमा ऐक्यवद्धता जनाएको छ। जागरूक धरतीसँग समझौता ज्ञापनपत्रमा हस्ताक्षर गरी नेपालले माटो जोगाऔँ अभियानमा ऐक्यवद्धता जनाएको हो । हाल नेपालको लगभग ६० प्रतिशत माटोमा निकै कम जैविक पदार्थ रहेकोले यसलाई रोक्न र माटोको विनाशलाई उल्ट्याउन तत्काल ठोस कार्य गर्नुपर्ने आवश्यकता भएको छ । भदौ १७ मा गोदावरी सनराइज सम्मेलन केन्द्रमा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय तथा वातावरण मन्त्रालयले सद्गुरु र पाँच हजार बढी मानिसहरूको उपस्थितिमा समझौता ज्ञापनपत्रमा हस्ताक्षर गर्नेछन् ।
माटो जोगाउनको लागि सद्गुरुले गत मार्चमा थालनी गरी उक्त विश्वव्यापी अभियानको उद्देश्य मरिरहेकको माटोप्रति विश्वको ध्यान आकर्षित गर्नु हो । हामीले खाने ९५ प्रतिशत खाना माटोबाट आउँछन् । “माटो हाम्रो सम्पत्ति होइन, यो अघिल्लो पिँढीबाट हामीमा आएको विरासत हो, रहामीले जीवित माटोको रूपमा यो भावी पिँढीलाई हस्तान्तरण गर्नुपर्छ।”माटो र मानव अस्तित्वबिचको अन्तर्निहित सम्बन्धमा जोड दिँदै सद्गुरुले बताए ।
सो अभियानले विश्वभरिका राष्ट्रहरूलाई नीतिहरूको माध्यमले कृषियोग्य माटोमा ३–६ प्रतिशत जैविक पदार्थ कायम राख्न अपिल गरेको छ । माटोलाई उर्वर र उब्जाउयोग्य राख्न अनि यसलाई बालुवामा परिणत हुनबाट रोक्नको लागि माटोमा कम्तीमा ३–६प्रशित जैविक पदार्थ हुनैपर्छ । जागरूक धरती र नेपाल सरकारबिचको समझौता ज्ञापनपत्रलेनेपालको माटोलाई स्वस्थ र समृद्ध राख्नेतर्फ नीतिहरू निर्माण गर्नको लागि प्रतिबद्धताको रूपमा काम गर्नेछ ।
ई.एल.डी.का अनुसार हाम्रो धरतीको ५२ प्रतिशत माटो विनाश भइसके को छ र उब्जाउको लागि अयोग्य भएको छ । खाद्य तथा कृषि सङ्गठनको अनुमानअनुसार सन् २०५० सम्म जलवायु परिवर्तन र माटोको विनाशले गर्दा केही निश्चित स्थानहरूमा अन्न उब्जनीमा ५०प्रतिशतसम्म कमी आउन सक्छ । यस भयावह सङ्कटलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता बुझेर सद्गुरुले गत मार्चमा यूरोप, मध्य एशिया, मध्यपूर्वी राष्ट्रहरू सहित २७ राष्ट्रहरू हुँदै सय दिनमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गरी भारतमा समापन गरेका थिए ।
सद्गुरुद्वारा पूरा गरिएको यस ऐतिहासिक यात्राले माटो जोगाऔँ भन्ने सन्देशलाई ३.९१ अर्ब मानिसहरू माझ पुर्याएको थियो, जसमा नेपालबाट समेत उल्लेखनीय समर्थन प्राप्त भएको थियो । महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, मनिषा कोइराला, नबिल बैङ्कका पूर्व सि.ई.ओ. अनिल के शरी शाह, चर्चित सेफ सन्तोष शाह, गायिका इन्दिरा जोशी, क्रिक्रेटर पारस खड्का, एफ.एन.सि.सि.आई. की सभापति भवानी राणालगायत थुप्रैले उक्त अभियानलाई भरपूर समर्थन गरी आवाज उठाएका थिए ।
सद्गुरुको यात्राबाट प्रेरित भई यम बहादुर पुन (नविक पुन मगर) लेसातवटैप्रदेश छुनेगरी ३,५०० किलोमिटर दौड–यात्रा सम्पन्न गरेको छन् जसअन्तर्गत उहाँलेस्थानीय संस्थाहरूद्वारा आयोजित जनचेतनामूलक कार्यक्रमहरूमा माटो जोगाउनुपर्ने आवश्यकताको विषयलाई सम्बोधन गरेका थिए । साथै, विश्व साइकल दिवसको अवसरमा ९०० भन्दा साइकल यात्रीहरूलेमाटो जोगाऔँसन्देश फैलाउन साइकलर्याली गरेका थिए । बसन्तपुर दरवार क्षेत्रमा आयोजित साङ्गीतिक र साँस्कृतिक कार्यक्रमले मानिसहरूमा सो अभियानको गहिरो छाप छोडेको छ । त्यसैगरी, माटो जोगाऔँ अभियानका स्वयंसेवकहरूले१०० भन्दा बढी स्कुल र कलेजहरूमा सफलतापूर्वक जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेका छन्।
विश्वभरि माटोलाई लोप हुनबाट जोगाउनको लागि ८० राष्ट्रहरूले सङ्कल्प गरिसकेका छन् भने भारतका ९ राज्यहरूले आफ्नो राज्यमा माटो जोगाउनको लागि समझौता ज्ञापनपत्रमा हस्ताक्षर गरिसकेका छन् । कमनवेल्थका ५४ वटैराष्ट्रहरूले माटोसम्बन्धी नीति लागूगर्नेउद्घोष गरेका छन्, जसअन्तर्गत ९ राष्ट्रहरूले समझौता पत्रमा हस्ताक्षर गरेका छन् । पर्यावरणसम्बन्धी कार्यहरूमा अग्रसर अन्तर्राष्ट्रिय सङ्गठनहरू जस्तैकि आ.यू.सि.एन. (IUCN), संयुक्त राष्ट्रसङ्घका संस्थाहरू – यू.एन.सि.सि.डी. (UNCCD), डब्ल्यू.एफ.पी. (WFP) तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझझेदारी गर्न अग्रसर भएका छन् ।