कक्षा १२ को नतिजा प्रकाशित, यसरि हेर्न सकिन्छ नतिजा « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

कक्षा १२ को नतिजा प्रकाशित, यसरि हेर्न सकिन्छ नतिजा



काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज –भदौ १७ गते) प्रकाशन भएको हो । यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्‍च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।

नतिजा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । बोर्डको आफ्नै वेबसाइटमा गएर पनि नजिता हेर्न सकिनेछ । https://neb.ntc.net.np/  मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर हेर्न सकिनेछ । आईभीआर सिस्टम ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो। यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

यसरी हेर्न सकिन्छ नतिजा–

1. राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट: www.neb.gov.np

2. नेपाल टेलिकमकाे वेबसाइट: www.neb.ntc.net.np

3. नेपाल टेलिकमकाे १६०० मा एमएमएस गर्ने तरिका : NEB <space> Symbol No. टाइप गरी १६०० मा एसएमएस गर्ने । 

4. नेपाल टेलिकमकाे १६०१ नम्बरमा डायल गरी प्राप्त नतिजाअनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्