फोर्स मोटर्सको दशैँ तिहार अफर, वासिङ्ग मेसिन देखि, स्मार्ट फोनसम्म « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

फोर्स मोटर्सको दशैँ तिहार अफर, वासिङ्ग मेसिन देखि, स्मार्ट फोनसम्म



काठमाडौं । फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसनमा आयाम इन्टरकन्टिनेन्टल प्रा.लीले नेपालीहरुको महान चाड दशैँ र तिहारको अवसरमा ग्राहक वर्ग लाई ध्यानमा राखेर कुनै पनि गाडीको खरीदमा भरपूर उपहारको लिएर आएको छ । जस अन्तर्गत आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टि.भि., स्मार्ट फोन लगायतका उपहारहरु ल्याएको हो ।

यस अफर भदौ लागु भई छट पर्व अर्थात कार्तिक १३ गतेसम्म लागु हुनेछ । बिगत ८ वर्ष देखिफोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली मार्फत आफ्ना गाडीहरुको बिक्रि वितरण गर्दै आईरहेको छ ।
आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँ को गैहिृधारा ,पोखराको चाउथे र सुन्सरीको इटहरी आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा , झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री वितरणमा ल्याईरहेको छ । ग्राहक वर्गले आफुलाई पायक पर्ने स्थानमा गएर यस अफरको फाइदा लिन सक्नेछन ।साथै यी सम्पुर्ण शोरुममा थ्रिएस( सेल सर्भिस स्पेअरपार्टस सहित को सुविधा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्