तरलताको समस्याको पहिलो समाधान समयमै बजेट खर्च : अर्थमन्त्री शर्मा « Arthapath.com
१८ भाद्र २०७९, शनिबार

तरलताको समस्याको पहिलो समाधान समयमै बजेट खर्च : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भईरहेको तरलताको समस्या समाधानका लागि सरकारले समयमै बजेट खर्च गर्न विशेष ध्यान दिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

तरलताको समस्या अहिले पनि केही हदसम्म कायमै रहकाले कम गर्नका लागि सरकारको बजेटलाई समयै खर्च गर्नमा विशेष ध्यान दिएको जानकारी गराए ।

सोही अवसरमा मन्त्री शर्माले नेपाली अर्थतन्त्रको आर्थिक सुचकहरु सकरात्मक दिशा तर्फ अघि बढेको बताएका छन् । उनले अहिले नेपालमा चाडवर्पको समय आएकाले थप रेमिट्यान्स भित्रने र खर्च पनि बढ्ने बताए ।

उनले नेपालका उद्यमीहरुलाई उत्पादनशी क्षेत्रमा लगाउन बढाउन र स्वदेशी पुँजी निर्माण गर्न पनि समेत आव्हान गरेका छन् । मुलुक भित्र लगानीमैत्री वाताबरण बनाउन नीतिहरु बनेकाले ढुक्कसंग लगानी गर्न अनुरोध समेत गरेका छन् ।

मन्त्री शर्माले भने,-‘स्वदेशमा थप रोजगारी सृजना गर्नका लागि विभिन्न क्षेत्रको पहिचान गरेकाले लगानीको सम्भावना छ, त्यसले तरलताको समस्या, विदेशी सञ्चिति लगायतका समस्या कम हुन्छ।’


प्रतिक्रिया दिनुहोस्