हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी, कहिलेसम्म दिने दरखास्त ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले दुई पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले प्रोजेक्ट म्यानेजर १ जना र सुपरभाइजर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् ।
इच्छुक उम्मेदवारहरुले भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि कम्पनीको वेभसाइट https://hei.com.np/career/ मा गई भर्न सकिने छ ।
