कुमारी बैंक र कृष्ण पोलीक्लिनिक बीच सेवा शुल्कमा छुट गर्ने सहमति

काठमाडौं । कुमारी बैंक लिमिटेड र रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रालिबीच सेवा शुल्कमा छुट गर्ने सहमति भएको छ। कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सहमति भएको हो ।
यो सहमति अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो कृष्ण पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपिडि ९इएम्० शुल्कमा प्रतिशत , एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया/ड्रेसिङ शुल्कमा प्रतिशत र औषधी शुल्कहरूमा ३–५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंकले बताएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।