एनआईबिएल प्रगति फण्डको बुक क्लोजका लागि मिति तय

काठमाडौं । एनआईबिएल प्रगति फण्ड योजनाले बुक क्लोजका लागि मिति तय गरेको छ । फण्डले आउदो भदौ २९ गते बुक क्लोज गर्ने भएको हो ।
एनआईविएल एस क्यापिटलको भदौ ९ गते बसेको संचालन समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि इकाईधनीलाई कर सहित ४.२० प्रतिशतका दरले हुन आउने ३ करोड १५ लाख रुपैयाँ नगद लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ ।
