नेपाल शेयर मार्केट्सद्वारा संयोजक र सदस्य पदका लागि दरखास्त आह्वान « Arthapath.com
२० भाद्र २०७९, सोमबार

नेपाल शेयर मार्केट्सद्वारा संयोजक र सदस्य पदका लागि दरखास्त आह्वान



काठमाडौं । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सले दुई पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीको व्यवस्थापन तथा संचालनका लागि संयोजक १ जना र सदस्य १ जनाको लागि दरखास्त आह्वान गरको हो ।

उक्त पदहरुमा दरखास्त दिन इच्छुक योग्य नेपाली नागरिकहरुले आउँदो असोज ९ गते आइतबार कार्यालय समयसम्म दरखास्त फारम पेश गर्न सक्नेछन् ।

दरखास्त पेश गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाण पत्र, अनुभवाका कागजात एवम् छनौट समितिले तोकेका अन्य कागजात संलग्न गर्नुपर्नेछ ।

संयोजनक पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरि बैंकिङ्ग क्षेत्रमा १० वर्षको अनुभव भएको विज्ञ हुनुपर्ने बताइएको छ ।

यस्तै, सदस्यपदका लागि भने व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक गरेको, लेखासम्वन्धी कार्यमा १० वर्षको अनुभव र चार्टर्ड एकाउण्टेन्सी पास गरि न्युनतम ५ वर्षको कार्यानुभव भएको लेखा विज्ञ हुनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्