बजाज बाईक किन्न झनै सजिलो, अब आधाको आधा मूल्यमा किन्ने सकिने ! « Arthapath.com
२० भाद्र २०७९, सोमबार

बजाज बाईक किन्न झनै सजिलो, अब आधाको आधा मूल्यमा किन्ने सकिने !



काठमाडौं । चाडपर्वमा बजाजको बाइक किन्न झनै सजिलो भएको छ । अब बजाजको नयाँ बाइक आधाको आधा मूल्यमा खरिद गर्न सकिने भएको हो ।

बजाजले दशैतिहार लक्षित ‘अब आधाको आधा नै काफी छ’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत अब २५ प्रतिशत डाउन पेमेन्टमै बजा बाइक लिन सकिने भएको हो ।

बजाज मोटरसाइकलको लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालि रहेको छ । बाइकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र नगद बुझाएर बाँकी रकम फाइनान्समार्फत किस्ताको रुपमा तिर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै उक्त योजना अन्तर्गत बजाज बाइक खरिदमा नगद तिरेर लिनेहरुका लागि ७ हजार रुपैयाँ छुट र पाँच वर्षको वारेन्ट समेत हुने कम्पनीले जनाएको छ । यो सेवा देशभरका बजाज सोरुमबाट लिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्