सफबोन वाटर सर्भिस आईएनसीसँगको ठेक्का सम्झौता सकियो « Arthapath.com
२४ असार २०८३, बुधबार

सफबोन वाटर सर्भिस आईएनसीसँगको ठेक्का सम्झौता सकियो



काठमाडौं। आयोजना कार्यान्वयन निर्देशनालयले चीनको साङ्घाईस्थित निर्माण कम्पनी (होल्डिङ)आईएनसीसँग भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सहमति अन्त्य गरिएको छ। सफबोन वाटर सर्भिस (होल्डिङ)आईएनसीसँगको ठेक्का सहमति सकिएको हो ।

उक्त कम्पनीले फोहोरपानी प्रशोधन केन्द्रहरुको निर्माण कार्यलाई सम्झौता बमोजिम अघि नबढाएको र तोकिएको समयमा निर्माण सम्पन्न गर्न पिआईडीबाट बारम्बार ताकेता गरिनुका साथै पाँच पटकसम्म म्याद थप गरी पछिल्लो पटक यही सन् २०२२ को जुलाई ३१ सम्म समय दिँदा समेत सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नगरेका कारण सफबोन वाटर सर्भिस (होल्डिङ)आईएनसी साङ्घाईसँगको सम्झौता अन्त्य गरिएको हो ।

फोहोरपानी प्रशोधन केन्द्र निर्माणमा असफल देखिएको, निर्माण स्थलमा कम्पनीका आधिकारिक प्रतिनिधि तथा मुख्य व्यक्ति अनुपस्थित रहेको, सम्झौता अनुसार काम नगरेको, बीमालेख नवीकरण नगरेको, सम्झौता उल्लंघन गरेको र पिडिआईबाट दिइएका निर्देशनलाई बेवास्ता गरेको कारणले सम्झौता अन्त्य गरिएको छ । तीनवटै फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि उक्त कम्पनीसँग कूल लागत ३ अर्ब ९२ करोडमा सम्झौता भएकोमा उक्त कम्पनीले सम्झौता बमोजिम बैङ्क ग्यारेन्टीस्वरुप राखेको करिव ४९ करोड धरौटी रकम जफत गरिएको छ ।

उक्त कम्पनीले थपिएको अवधि समेत गरी ५ वर्ष ३ महिनामा जम्मा २७.१ प्रतिशत मात्र काम गरेको छ भने करिव ७७ करोड २७ लाख भुक्तानी लगेको छ ।अब, तीनवटै फोहोरपानी प्रशोधन केन्द्रहरुको बाँकी निर्माण कार्य नयाँ ठेक्का प्रक्रियाबाट छिटोछरितो ढंगले अघि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।


प्रतिक्रिया दिनुहोस्