थप १०४ जनामा कोरोना संक्रमण पृष्टि, २ जनाको मृत्‍यु « Arthapath.com
२४ असार २०८३, बुधबार

थप १०४ जनामा कोरोना संक्रमण पृष्टि, २ जनाको मृत्‍यु



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८९ एन्टीजेन परिक्षण गर्दा १५ गरी जम्मा १०४ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २०१ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार ३१६ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्