समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालयको औपचारिक उद्घाटन « Arthapath.com
२४ असार २०८३, बुधबार

समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालयको औपचारिक उद्घाटन



काठमाडौं । समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन भएको छ । फाइनान्सले आफ्नो सातौ शाखाको रुपमा बनेपा शाखा कार्यालयको एक औपचारीक उद्घाटन गरेको हो ।

उक्त शाखा कार्यालय बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले उद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रममा बनेपा उद्ययोग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलान्चोके , बनेपा न.पा. वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धर सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत टका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराउनुभएको थियो ।

त्यस्तै चाँडै नै आठौ शाखाको रुपमा जनकपुर शाखाको पनि उदघाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताउनुभयो ।

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।
यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट ग वर्गको राष्ट्रियस्तरको इजाजतपत्र प्राप्त गरि छिटो, सरल र सहज तरिकाले विभिन्न बैंकिङ सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्