सुपारी, केराउ र कालो मरिच आयात खुल्ला « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सुपारी, केराउ र कालो मरिच आयात खुल्ला



काठमाडौं ।
सरकारले केराउ, सुपारी र कालो मरिचको पैठारी गर्न अनुमति दिएको छ । राजपत्रमा सुचना प्रकाशन गरी सरकारले पैठारीमा लगाईदै आएको बन्देज खुल्ला गरिएको जनाएको हो ।
कोरोना महामारीको क्रममा २०७६ साल चैत २४ गत सरकारले राजपत्रमा नै सुचना प्रकाशित गरी सुपारी, मरिच र केराउको अयातमा प्रतिबन्ध लगाएको थियो । त्यसअघि भने जुनसुकै कम्पनीले सुपारी, मरिच र केराउ आयात गर्न पाउने व्यवस्था थियो । तर, व्यवसायीको दबाब सरकारले गत फागुन २६ गते औद्योगिक प्रयोजनका लागि २०७९ असार मसान्तसम्म सुपारी, मरिच र केराउनको आयात खुल्ला गर्ने निर्णय समेत गरेको थियो ।
सरकारले उत्पादनमुलुक उद्योगलाई औद्योगिक प्रयोजनाको लागि आवश्यक पर्न कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ को प्रक्रिया पुरा गरी आयात खुल्ला गरेको राजपत्रमा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्