पुस मसान्तभित्र साधारण सभा सक्न सहकारीहरुलाई महानगरको निर्देशन « Arthapath.com
२८ भाद्र २०७९, मंगलवार

पुस मसान्तभित्र साधारण सभा सक्न सहकारीहरुलाई महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सहकारी संस्थाहरुले आगामी पुस मसान्तभित्र साधारण सभा गर्नुपर्ने भएको छ ।

मंगलबार एक सूचना जारी गर्दै महानगरभित्रका सहकारीले आगामी पुसमसान्तभित्र साधारण सभा सक्ने र त्यसको १५ दिनभित्र प्रतिवेदन पारित गरि महानगरमा बुझाउन निर्देशन दिएको हो ।

महानगरले साधारणसभामा सहकारीहरुले आफ्ना सबै सदस्य उपस्थित हुने गरी जानकारी गराउन निर्देशन दिएको छ । सभामा कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित गराउनुपर्नेछ ।

साधारणसभा गर्ने सहकारीहरुले कोपोमिस प्रणालीमा आफ्नो समष्टिगत विवरण प्रविष्ट गरेको हुनुपर्ने महानगरद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्