वीरजगञ्जमा बन्दै अर्को सदर चिडीयाखाना, मन्त्रिपरिषद् बाट पायो स्वीकृती « Arthapath.com
२४ असार २०८३, बुधबार

वीरजगञ्जमा बन्दै अर्को सदर चिडीयाखाना, मन्त्रिपरिषद् बाट पायो स्वीकृती



काठमाडौँ । पर्सा जिल्लाको वीरजगञ्ज महानगरपालिका–३२ मा सदर चिडीया खाना निर्माण हुने भएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले चिडीया खाना निर्माणका लागि मन्त्रिपरिषद्मा प्रस्ताब पेश गरेका थिए ।

उक्त प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिडीया खाना निर्माणका लागि अनुमति दिएको हो । पर्सा र वारा जिल्लाको बिचमा निर्माण गरिने उक्त चिडीया खाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटकहरु आउने भएकाले उनको पर्यटन प्रबद्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवले बताए । उक्त चिडीया खाना एक अर्ब एक करोड सातलाखमा निर्माण गरीने भएको मन्त्रालयले जनाएको छ । चिडीया खाना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक अजय कार्कीको संयोजगत्वमा आठ सदस्यीय एक कार्यदल समिति गठन भई उक्त कार्यदल समितिले आफ्नो प्रतिवेदन समेत पेश गरीसकेको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१ को सोलखपुर वडा नं. ३२ को रामवनमा प्राकृतिक चिडीयाखाना स्थापना गरीए यहाँ आन्तरिक तथा बाह्यि पर्यटक भित्रयाउन सकिने भन्दै चिडीया खाना निर्माणका लागि उपयुक्त स्थान भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । प्रस्तालवत चिडीया खानाको क्षेत्र भित्र पर्ने ३.१ हेकटर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएको सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरेर मात्र स्थापना गर्नु पुर्ने, प्रस्तावित चिडीया खाना स्थापना गर्दा प्राकृतिक चिडीया खानाको साथै वन्यजन्तु उद्धार केन्द्र वन्यजन्तु प्रजनन केन्द्र, वन्यजन्तुका लागि आवश्यक पूर्वाधार तथा उचित रोकथाम, पर्यटक व्यवस्थापनमा ध्यान दिनु पर्ने एवं जैविक विविधता शिक्षा प्रवद्धन तथा वन्यजन्तको कल्याण समेतलाई मध्यनजर गरी अन्तर्राष्ट्रि मापदण्ड अनुसारको चिडिया खाना स्थापना र सञ्चालनका लागि मानवीय, प्राविधिक तथा आर्थिक स्रोतको शुनिश्चित हुने गरी प्रस्तावित चिडीया खाना स्थापना र सञ्चालन गर्नु पर्ने उक्त अध्ययन
प्रतिवेदनको राय रहेको छ ।

प्रस्तावित चिडियाखाना स्थापनाको लागि वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं. ३२ को रामवन क्षेत्र मध्ये वीरगञ्ज महानगरपालिका वडा नं. ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समुहले समेत आफ्नो साझेदारी वन क्षेत्रमा प्रस्तावित चिडीया खाना स्थापनाका लागि सहमति दिएको छ । सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडीया खानाको क्षेत्रफल ५० हेकटर रहेको जसमा घास बुट्यान क्षेत्रले ३९.४ हेकटर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ ।

उष्ण साल वन क्षेत्र रहेको सो वन क्षेत्रमा मख्य प्रजाति साल, कर्मा रहेको छ भने कहिँले कही घुमन्ते बाघ देखिने त्यसक्षेत्रमा अन्य वन्यजन्तुमा चित्तल, खरायो, दुम्सि, वन बिरालो, पुट्के बँदेल, चौँका, सुगाँ, मैना, गरुड र सारस पनि पाइने र उक्त क्षेत्रमा घर्सने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहने गरेकाले यहाँका चिडीया खाना बनाउन उपयुक्त रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक अजय कार्कीले बताए । वीरगञ्जमा चिडीया खाना निर्माण गर्ने आफ्नो वर्षौ पहिलेदेखिको सपना रहेको र अहिले आएर उक्त सपना साकार भएको मन्त्री यादवले बताए । उनले भने, “पर्यटन प्रबद्धन तथा आर्थिक समृद्धिका लागि अगाडी बढीरहेको छु, वीरगञ्जमा निर्माण हुने चिडीया खानाले पर्यटन प्रबद्धन सहित त्यहाँका नागरिकको आर्थिक स्तरमा बृद्धि गर्ने मैले अपेक्षा लिएको छु ।” वीरगञ्जमा चिडीया खानाका लागि लोमो समयदेखि पहल भएपनि निर्माणका लागि अनुमति प्राप्त हुन सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस्